होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • कैलालीका ४५ सहित सुदूरपश्चिमका थप ५७ जनामा कोरोना पुष्टि
Breaking News

कैलालीका ४५ सहित सुदूरपश्चिमका थप ५७ जनामा कोरोना पुष्टि

  • नागरिक रैबार
[sharethis-inline-buttons]
कैलालीका ४५ सहित सुदूरपश्चिमका थप ५७ जनामा कोरोना पुष्टि

धनगढीः कैलालीका ४५ सहित सुदूरपश्चिमका थप ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।सेती प्रादेशिक अस्पताल प्रयोगशालामा बिहीबार १८६ जनाको परीक्षण गर्दा थप ५७ जनामा संक्रमण पुष्टि भएको हो।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उप–महानगरपालिकाका थप १९ जनामा संक्रमण देखिएको जानकारी दिए।

कैलालीकै कैलारी गाउँपालिकाका ११ जना, गोदावरी नगरपालिकाका ६ जना, भजनी नगरपालिकाका ५ जना, जोशीपुर गाउँपालिका र ठेगाना नखुलेका २/२ जनामा कोरोना संक्रमण देखिएको छ।

विज्ञापन

यस्तै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाकका ४ जना, कृष्णपुर नगरपालिकाका ३ जना, बैतडीको पाटन नगरपालिकाका २ जना, यस्तै अछाम, डडेल्धुरा र बझाङका १/१ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै