होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • देश/प्रदेश
  • प्रचण्डले टाउका गन्न थालेको भन्दै ओलीको आक्रोश
देश/प्रदेश

प्रचण्डले टाउका गन्न थालेको भन्दै ओलीको आक्रोश

  • नागरिक रैबार
[sharethis-inline-buttons]
प्रचण्डले टाउका गन्न थालेको भन्दै ओलीको आक्रोश

प्रधानमन्त्री केपी शर्मा ओलीले अलिकति ‘पायक’ परेको हिसाब गरेर कमिटीमा अल्पमत बहुमतको विधि कार्यान्वयन गर्ने वकालत प्रचण्डले गर्न थालेको आरोप लगाएका छन् ।
ओलीले आफ्नो प्रस्तावमार्फत प्रचण्डलाई जवाफ दिँदै भनेका छन्, ‘सहयोद्धा कमरेडहरुको भावना होइन, टाउका गन्न थाल्नु भएको छ । कित्ताकाट गर्न थाल्नु भएको छ । सम्झिनुहोस् त, केन्द्रीय सचिवालयदेखि स्थानीय कमिटीसम्म अधिकांश ठाउँमा साबिक एमालेको एकजना भए पनि बढी सङ्ख्या छ । बहुमतको त्यो अङ्कगणित तपाईंका विरुद्ध प्रयोग गरिएको भए के हुन्थ्यो ?’
विगतमा उनले माथिदेखि तलसम्म मिलाउनका लागि तत्कालीन एमालेबाट त्याग भएको सम्म भन्न भुलेका छैनन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै