होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • कानुनमन्त्री शाहको आज जन्मदिन, शुभकामनाको ओईरो
Breaking News

कानुनमन्त्री शाहको आज जन्मदिन, शुभकामनाको ओईरो

  • नागरिक रैबार
[sharethis-inline-buttons]
कानुनमन्त्री शाहको आज जन्मदिन, शुभकामनाको ओईरो

नागरिक रैबार/बाजुरा १२ मंसिर। सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहको आज जन्मदिन परेको छ ।

आजकै दिन बाजुराको बुढीगंगा नगरपालिकाको कुल्देवमाण्डौंमा जन्मिएका शाहलाई आज बिहानैदेखि उनका आफन्त र शुभचिन्तकहरुले प्रत्येक्ष भेटघाट तथा सामाजिक संजाल र फोनबाट उत्तररोत्तर प्रगति सहित जन्मदिनको अवसरमा शुभकामना व्यक्त गरिरहेका छन् ।

०२८ सालमा बाजुराको बुढीगंगा नगरपालिकाको कुल्देवमाण्डौंमा जन्मेका शाह हाल सुदूरपश्मि प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रहेका छन् ।

विज्ञापन

सिभिल इन्जिनियरिङ्गमा स्नातक गरेका शाहलाई अहिले सुदूरपश्चिम प्रदेशको कानुनी नक्सा कोर्ने जिम्मेवारी छ । ०४५ सालको प्रवेशिका परीक्षामा बाजुरा जिल्लामै पहिलो भएका शाहले इन्जिनियरिङ्ग क्याम्पसमा पढ्दै अनेरास्ववियुबाट राजनीतिमा सक्रिय भएर लागेका थिए ।

शाह २०४६ सालदेखि राजनीतिमा सक्रिय भएका शाहले २०५० सालमा अनेरास्ववियु बाजुराको संस्थापक अध्यक्ष समेत भएका थिए ।उनी २०६६ सालमा एमालेको जिल्ला अध्यक्ष निर्वाचित भएका थिए भने २०७१ सालमा तत्कालिन नेकपा एमालेको नवौ महाधिवेशनबाट बैकल्पिक केन्द्रीय सदस्य बनेका थिए ।

शाह तत्कालिन एमालेको तर्फबाट अछाम जिल्ला इन्चार्ज थिए भने अहिले नेकपाको बाजुरा जिल्ला सहईन्चार्ज समेत छन् । नागरिक रैबार परिवारको तर्फबाट पनि कानुमन्त्री शाहलाइ जन्मदिनको लाखाैलाख शुभकामना व्यक्त गर्दछाै‌ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै