होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • उप–प्रमुख विष्टले दिईन् कारागारका कैदीबन्दीलाई खसी
Breaking News

उप–प्रमुख विष्टले दिईन् कारागारका कैदीबन्दीलाई खसी

  • नागरिक रैबार
[sharethis-inline-buttons]
उप–प्रमुख विष्टले दिईन् कारागारका कैदीबन्दीलाई खसी

 नागरिक रैबार । बाजुरा ८ कार्तिक । बाजुरा जिल्लाको सदरमुकाम मार्तडी स्थीत कारागारमा रहेका ४७ बढी कैदी बन्दीहरुलाई दसैँ मनाउँन बडीमालिका नगरपालिकाकी उप–प्रमुख कविता विष्टले दुईवटा खसी उपहार दिएकी छिन् ।

विभिन्न परिघटनामा परि कैदीबन्दी हुन पुगेर जेल जिवन विताई रहेकाहरु दाजुभाइहरुले पनि बडादसैँमा उमङ्गित हुन् पाउँनु पर्छ । हिन्दुहरुको महान चाँडाबाडका बेला गाउँघरमा खुशीयाली भईरहँदा यहाँभित्र पनि घरपरिवारबाट विछिप्त हुन पुगे जो कोही कैदीबन्दीलाई पनि बडादसैँ मनाउँन सहज होस् भन्ने हेतुले बडीमालिका नगरपालिका र बुढीनन्दा नगरपालिका मिल २ वटा खसी दिएको उपमेयर विष्टले बताउँनु भयो ।

कोरोना माहामारीको त्रासले हरकोहीलाई छोईरहेका बेला स्वास्थ्यको उचित ख्याल गर्न समेत कैदीबन्दीहरुलाई आग्रह गरेकी थिईन् । नेपाली काँग्रेस सदैब जनताको साथमा रहेको र अँझ नेपालीहरुका यस्ता चाँडाबाडमा त झन जनताको घरदैलोमा हर्सोल्लास् छाईरहोस् भन्ने चाहान्छ उहाँले भनिन् ।

विज्ञापन

शुक्रबार तरुण दलका नेता हिरेन्द्र बहादुर रोकाया, नेपाल महिला संघकी अध्यक्ष अमृता सिंग, नेविसंघका विद्यार्थी नेता जनक थापा, मेचि महाकाली बुहारी समाज बाजुराकी अध्यक्ष सत्य रावत, नेविसंघ बडीमालिका नगर ईन्चार्ज विरेन्द्र बहादुर ऐडी लगाएतको उपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै