होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • परिवारका सदस्यमाझ मात्र दशैँतिहार मनाउन आग्रह
Breaking News

परिवारका सदस्यमाझ मात्र दशैँतिहार मनाउन आग्रह

  • नागरिक रैबार
[sharethis-inline-buttons]
परिवारका सदस्यमाझ मात्र दशैँतिहार मनाउन आग्रह

कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति खोटाङले उच्च स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर मात्र यस वर्षको दशैँ, तिहारलगायतका चाडपर्व मनाउन जिल्लावासीलाई आग्रह गरेको छ ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिको १९औँ बैठकले दिनानुदिन कोरोना भाइरसको सङक्रमण वृद्धि हुने दर निरन्तर बढिरहेको अवस्थामा एक ठाउँमा भेला हुँदा सङ्क्रमण फैलिने त्रास बढेकाले सामूहिकरूपमा भीडभाड नगरी आ–आफ्नो घरका सदस्यमात्र सहभागी भएर चाडवाड मनाउन आग्रह गरेको हो ।

कोरोना सङक्रमणबाट बच्न र बचाउन आसन्न दशैँ, तिहारलगायतमा एक ठाउँमा भेला नहुन र चहलपहल नगर्न आग्रह गरिएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङले बताए ।

विज्ञापन

बैठकले नेपाल सरकारको कोभिड–१९ सम्बन्धी नियमको पालना गर्दै विभिन्न खेलकूद, धार्मिक मेला, भीडभाडका बीचमा गरिने कार्यक्रम, भेलाजस्ता ‘मास मुभमेन्ट’ मा सञ्चालन हुने गतिविधि नगर्न आग्रह गरेको छ ।

प्रत्येक वडामा वडाध्यक्ष वा वडासदस्यको नेतृत्वमा निगरानी टोली बनाएर स्थानीयवासीलाई कोभिड–१९ को सङ्क्रमणबाट बच्ने उपायका बारेमा सचेत गराउने तथा बाहिरबाट आएकालाई क्वारेन्टिन, आइसोलेसन वा स्वास्थ्य संस्थामा पु¥याउने व्यवस्था मिलाउन, कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि सिर्जनात्मक तरिकाले सचेतनामूलक अभियान सञ्चालन गर्न हरेक स्थानीय तहलाई अनुरोध गरिएको प्रमुख चाम्लिङले बताए ।

यस्तै आइसोलेसन सेन्टर निर्माण तथा सञ्चालनसम्बन्धी कार्यविधिअनुसार आइसोलेसन सेन्टर निर्माणका लागि स्थानीय सरकारलाई अनुरोध गर्ने, जिल्ला बाहिरबाट आउने जोसुकै व्यक्तिलाई अनिवार्य पिसीआर परीक्षण गरेर मात्र आउन अनुरोध गर्ने निर्णय गरिएको समितिले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै