होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • अस्पताल लैजादै गर्दा सुत्केरीको बाटोमा मृत्यु
Breaking News

अस्पताल लैजादै गर्दा सुत्केरीको बाटोमा मृत्यु

  • नागरिक रैबार
[sharethis-inline-buttons]
अस्पताल लैजादै गर्दा सुत्केरीको बाटोमा मृत्यु
साँकेतिक तस्वीर

अस्पताल लैजादै गर्दा एक जना सुत्केरीको बाटोमा मृत्यु भएको छ । जिल्लाको बुढिनन्दा नगरपालिका वडा नम्बर ४ कुरुमा सुत्केरी व्यथा लागेपछि अस्पताल लैजाने क्रममा २३ वर्षीय अम्बकला रोकायाको बिहिबार राति मृत्यु भएको वडाध्यक्ष राजन रोकायाले बताएका छन्।

रोकायालाई कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र लैजाने क्रममा मृत्यु भएको उनले बताए। गाँउमा प्रसुती सेवा केन्द्र नहुँदा आफन्तले बोेकेर पाँच घण्टाको दुरीमा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा बोकेर लैजादै थिए।

सुत्केरी ब्यथा लागेकी उनलाई गाँउमा रहेको सामुदायिक स्वास्थ्य केन्द्रमा लगिएको थियो। त्यहाँ प्रसुती सेवाका लागि तालिम प्राप्त स्वास्थ्यकर्मी नभएका कारण कोल्टी पठाईएको थियो।

विज्ञापन

कुरु गाँउमा प्रसुती केन्द्र स्थापना नहुदा त्यहाँका महिलाहरुले समस्या भोग्दै आएका छन्। यो वर्ष मात्र प्राथमिक स्वास्थ्य केन्द्र लैजाने क्रममा दुई सुत्केरी महिलाको बाटोमै मृत्यु भईसकेको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै