होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • देश/प्रदेश
  • दिपायल विमानस्थलबाट नियमित उडान हुन्छ : मन्त्री भट्टराई
देश/प्रदेश

दिपायल विमानस्थलबाट नियमित उडान हुन्छ : मन्त्री भट्टराई

  • नागरिक रैबार
[sharethis-inline-buttons]
दिपायल विमानस्थलबाट नियमित उडान हुन्छ : मन्त्री भट्टराई

धनगढी : संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री योगेश भट्टराईले दिपायल विमानस्थलबाट नियमित उडान हुने बताएका छन्। लामो समयदेखी बन्द रहेका सुदूरपश्चिम प्रदेशका ३ विमानस्थलको निरक्षणका लागि डोटी पुगेका उनले विमानस्थललाई नियमित रुपमा संचलान गर्न आफ्नो मन्त्रालय चिन्तीत रहेको बताएका छन्।

साथै उनले अझै दिपायल विमानस्थलमा केहि गर्न बाँकी देखिएको बताएका छन्। रनवे बढाउनुपर्ने देखिएकाले त्यसका लागि जग्गा लिएर विमानस्थलको क्षेत्र विकासमा आफु क्रियाशिल हुने मन्त्री भट्टराइले बताए। प्राकृतिक रुपमा सुन्दर रहेको दिपायल विमानस्थलबाट नियमित रुपमा हवाई उडान हुन थालेपछि राजधानीदेखि डोटी टाढा नहुने मन्त्री भट्टराईको भनाइ थियो।

पर्यटन मन्त्री भट्टराईको नेतृत्वको टोलीले शनिबार सुदूरपश्चिमका ३ वटा विमानस्थलहरु निरिक्षण गर्दैछ। डोटीको दिपालय विमानस्थल, बैतडीको पाटन विमानस्थल र बझाङको चैनपुर विमानस्थलको शनिवार एकै दिन निरिक्षण हुदैछ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै