होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • अपराध
  • बझाङमा बलात्कारपछि हत्या गरिएकी बालिकालाई न्याय माग्दै प्रर्दशन
अपराध

बझाङमा बलात्कारपछि हत्या गरिएकी बालिकालाई न्याय माग्दै प्रर्दशन

  • नागरिक रैबार
[sharethis-inline-buttons]
बझाङमा बलात्कारपछि हत्या गरिएकी बालिकालाई न्याय माग्दै प्रर्दशन

धनगढीः बझाङमा बलात्कारपछि हत्या गरिएकी बालिकालाई न्याय माग्दै प्रर्दशन गरिएको छ।बलात्कारपछि हत्या गरिएकी जिल्लाको मष्टा गाउँपालिका वडा नम्बर २ की १२ वर्षीया बालिका सम्झना कामीको न्यायको माग गर्दै शनिबार चैनपुर बजारमा  -याली सहित प्रर्दशन गरिएको हो।

विभिन्न प्ले कार्ड सहित चैनपुर बजार परिक्रमा गरेका प्रर्दशनकारीहरुले लोकतान्त्रिक चोकमा कोण सभा गरेका थिए। सभामा बोलेका अधिकांशले सम्झनाको बलात्कारपछि हत्या गर्नेलाई कानून बमोजिम कडा कारवाहीको माग गरेका छन्।

बुधबार बेलुका साढे ४ बजे खिकालाबाट पशुचौपया बाँध्न सिमछानामा गएकी बालिका मृत अवस्थामा भेटिएकी थिईन्। उनको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले सोही ठाउँका १८ वर्षीय राजेन्द्र बोहरालाई पक्राउ गरेको छ।

विज्ञापन

उनले प्रारम्भिक अनुसन्धानमा घटनामा संलग्नता इन्कार गरेका छन्। निर्वस्त्र सम्झनाको शरीरभरि निलडाम र टाउकोमा चोट थियो।

बझाङका प्रहरी नायब उपरीक्षक रुपक खड्काका अनुसार सम्झनाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ। विस्तृतमा रिपोर्ट आइसकेको छैन। प्रारम्भिक रिपोर्टमा बलात्कार खुलेको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै