होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • बाजुरामा पनि स्वयंसेवक संघ गठन, अध्यक्षमा मंगल नेपाली
Breaking News

बाजुरामा पनि स्वयंसेवक संघ गठन, अध्यक्षमा मंगल नेपाली

  • नागरिक रैबार
[sharethis-inline-buttons]
बाजुरामा पनि स्वयंसेवक संघ गठन, अध्यक्षमा मंगल नेपाली

नागरिक रैबार/बाजुरा २० भदौ। बाजुरामा पनि नेपाल स्वयंसेवक संघ गठन गरिएको छ । नेपालमा बिशुद्ध रुपमा सामाजिक सेवामा समर्पित स्वयंसेवक संघ नेपाल बाजुरामा पनि गठन गरिएको हो ।

सामाजिक क्षेत्रमा काम गर्ने युवाहरुको साझा संगठनका रुपमा रहेको यस संघमा मंगल नेपालीको अध्यक्षतामा १३ सदस्यीय जिल्ला स्वयंसेवक संघ चयन गरिएको छ ।

मंगल नेपाली अध्यक्ष रहेको यस संघको उपाध्यक्षमा कमल न्यौपाने, सचिवमा चेतना विष्ट, सह-सचिवमा कल्पना विक र कोषाध्यक्षमा मनिसा गिरी रहेकी छन् ।

विज्ञापन

त्यस्तै संघको प्रवक्ता तथा सदस्यमा हिक्मत थापालाई चयन गरिएको छ त्यसैगरी सदस्यहरु, विनोद विसी, श्याम रोकाया, सिता कार्की, रोशन रेग्मी, ईश्वर नाथ, मिनबहादुर खड्का र तपेन्द्र थापा रहेका छन् ।

बाजुरामा पनि विस्तार भएको यस संघले बाजुरामा सामाजिक समस्या प्रती आम नागरिकहरुलाई सचेत गराउने, समाजमा हुने हरेक विभेद विरुद्ध शसक्त रुपमा खबरदारी सहित उचित मार्ग दर्शन गर्ने, समुदायमा सामाजिक जागरणको माध्यमबाट लैङ्गिक तथा जातीय विभेदलाई कम गर्न जनचेतना अभिवृद्धिमा जोड दिने यस संघको मुख्य उद्देश्य रहेको संघका प्रवक्ता हिक्मत थापाले बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै