होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • देश/प्रदेश
  • अछाम पहिरो अपडेट : मृतकको सङ्ख्या ७ पुग्यो
देश/प्रदेश

अछाम पहिरो अपडेट : मृतकको सङ्ख्या ७ पुग्यो

  • नागरिक रैबार
[sharethis-inline-buttons]
अछाम पहिरो अपडेट : मृतकको सङ्ख्या ७ पुग्यो

छााम : अछामको रामारोशन गाउँपालिका वडा नम्वर ५ मा बाढीले बगाउँदा थप एक जनाको शव फेला परेको छ।

योसँगै बाढीमा बगेर मृत्यु हुनेको सङ्ख्या ७ पुगेको छ। मङ्गलवार राति परेको अविरल वर्षाका कारण आएको बाढीले रामारोशन गाउँपालिका वडा नम्वर ५ सैनिबजारबाट बगाएका १७ मध्ये ७ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायव उपरीक्षक योगेन्द्रसिंह थापाले जानकारी दिए।

अझै पनि १० जना बेपत्ता छन्। प्रहरी नायव उपरिक्षक थापाका अनुसार बान्नीगढी जयगढ गाउँपालिका–६ दर्नामा पर्ने कोसेडा क्षेत्रमा एक महिला र एक पुरुष गरी दुई जनाको शव भेटिएको छ।

यस्तै एक महिला र एक पुरुष गरी दुई जनाको शव दर्नास्थीत कैलाश खोलाको किनारमा भेटिएको छ भने अर्का एक व्यक्तिको शव मंगलसेन नगरपालिका–१० जुपुस्थीत कैलाश खोला किनारमा भेटिएको हो।

यस्तै दुई जनाको शव मंगलसेन ३ स्थित दयमा भन्ने ठाउँमा भेटिएको डीएसपी थापाले जानकारी दिए। हराईरहेकाहरुको उद्दारका लागी नेपाली सेनाको हेलीकेप्टर अछाम पुगिसकेको प्रमुख जिल्ला अधिकारी गोकर्ण उपाध्यायले बताए।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै