होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • त्रिवेणीमा बरामद गरेर राखेकाे मदिरा नष्ट गरियो
Breaking News

त्रिवेणीमा बरामद गरेर राखेकाे मदिरा नष्ट गरियो

  • नागरिक रैबार
[sharethis-inline-buttons]
त्रिवेणीमा बरामद गरेर राखेकाे मदिरा नष्ट गरियो

चक्र बहादुर अएडी — जिल्लाको त्रिवेणी नगरपालिकामा विगत लामो समय देखि विभिन्न ठाउँबाट बरामद गरि राखेका मदिरा नष्ट गरिएको छ । बाजुरा जिल्लाको पहिलो मदिरा निषेधित नगरपालिका त्रिवेणीमा अवैधरुपमा विक्रि वितरण गर्दै आईरहेका पसल बाट र ओसार पाेसार गर्दै बरामद गरिएका मदिरा नष्ट गरिएको हो।

त्रिवेणी नगरपालिका वडा नम्वर ८ मा रहेको मौरेमा हिजो नष्ट गरिएको नगरपालिकाले जानकारि दिएको छ । नगरपािलकाका अनुसार बरामद गरिएका क्वालिटि नामक ६ पेटी ,ईडेन नामक १ पेटी, र सुन्तला र लिचि नाम गरेका २१० पिस मदिरा नष्ट गरिएको जानकारि दिएको छ ।

त्रिवेणी नगरपालिकाकी उपप्रमुख राधिका देवी सुनार,कार्यपालिका सदस्य हरि नेपाली, लगाएत बुद्धिजिवि समाज सेवी, सुरक्षाकर्मि लगायत नगरपालिकाका कर्मचारीहरुको रोहवरमा बरामद गरिएका मदिरा नष्ट गरिएको त्रिवेणी नगरपालिका आईटि नरेश राज पन्त ले जानकारि दिनु भएका छ ।

विज्ञापन

Image may contain: food

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै