होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • विप्लव समूहका कैलाली जनसरकार प्रमुख विक पनि पक्राउ
Breaking News

विप्लव समूहका कैलाली जनसरकार प्रमुख विक पनि पक्राउ

  • नागरिक रैबार
[sharethis-inline-buttons]
विप्लव समूहका कैलाली जनसरकार प्रमुख विक पनि पक्राउ

धनगढी: धनगढीबाट पक्राउ पर्नेमा प्रतिबन्धीत विप्लव नेतृत्वको नेकपाका कैलाली जनसरकार प्रमुख पनि रहेको खुलेको छ।

जिल्ला प्रहरी कार्यालयको टोलीले उपमहानगरपालिकाको वडा नम्बर १२ को जुगेडा क्षेत्रबाट विप्लव कैलालीका जनसरकार प्रमुख दलबहादुर बिकलाई पनि पक्राउ गरिएको जनाएको छ। पक्राउ परेका अन्य ६ जनासँगै बिकलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक अनुपम शमशेर जबराले बताए।

जनसरकार प्रमुख बिकसँगै  धनगढी नगर ईन्चार्ज प्रकाश रावल, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य बबरजंग सिह, सदस्य डम्बर सुनार, सुवास जोशी र लक्की शाहलाई पनि प्रहरीले पक्राउ गरेको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार