होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • अपराध
  • धनगढीबाट विप्लव समूहका नगर इन्चार्ज सहित ६ जना पक्राउ
अपराध

धनगढीबाट विप्लव समूहका नगर इन्चार्ज सहित ६ जना पक्राउ

  • नागरिक रैबार
[sharethis-inline-buttons]
धनगढीबाट विप्लव समूहका नगर इन्चार्ज सहित ६ जना पक्राउ

धनगढी : धनगढीबाट विप्लव समूहका नगर ईन्चार्ज सहित ६ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले नगर ईन्चार्ज प्रकाश रावल सहितका ६ जनालाई पक्राउ गरेको हो।

कैलालीका प्रमुख प्रहरी उपरिक्षक अनुपम शमशेर जबराले धनगढी उपमहानगरपालिका वडा नम्बर १२ को जुगेडा क्षेत्रबाट उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए।

पक्राउ पर्नेमा विप्लव निकटको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य बबरजंग सिह सहित डम्बर सुनार, दलबहादुर विक, सुवास जोशी र लक्की शाह रहेको प्रहरी उपरिक्षक जबराले बताए।

विज्ञापन

उनीहरुलाई शंकास्पद गतिविधीमा संलग्न भएको आशंकामा पक्राउ गरिएको प्रहरीले जनाएको छ भने केहीलाई पूराना मुद्दामा अनुसन्धानका लागि पक्राउ गरिएको हो। दिनेशखबरबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै