होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • भारतबाट कैलालीको त्रिनगर नाका भएर ८५ हजार नेपाली भित्रिए
Breaking News

भारतबाट कैलालीको त्रिनगर नाका भएर ८५ हजार नेपाली भित्रिए

  • नागरिक रैबार
[sharethis-inline-buttons]
भारतबाट कैलालीको त्रिनगर नाका भएर ८५ हजार नेपाली भित्रिए

धनगढी : कैलालीको त्रिनगर नाका भएर ८५ हजार बढि नेपाली भित्रिएका छन्। जेठ २ गतेदेखि भारतका विभिन्न स्थानबाट स्वदेश फर्किनेहरुको उद्दार थालेको जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार त्रिनगर नाकाबाट ८५ हजार बढि नेपाली भित्रिएका हुन्।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले उद्दार कार्य सुरु भएदेखि शनिबार सम्म ८५ हजार नौँ सय जना त्रिनगर नाका भएर भित्रिएको जानकारी दिए। उनीहरु मध्ये अधिकांश सुदूरपश्चिमकै बासिन्दा रहेको सूचना अधिकारी जोशीले बताए।

सुरुका दिनमा स्वदेश फर्किनेहरुको दैनिक संख्या पाँचदेखि ६ हजारको हाराहारीमा हुने गरेकोमा अहिले घटेको छ। अहिले त्रिनगर नाकाबाट औसतमा दैनिक दुई सय ४५ जना सम्म फर्किरहेका छन्।

विज्ञापन

सूचना अधिकारी जोशीले पछिल्लो ७ दिनको अवधीमा त्रिनगरबाट एक हजार सात सय जना भित्रिएको बताए। उनका अनुसार शनिबार मात्र दुई सय ४० जना फर्किएका छन्। असार १२ गते अहिले सम्मकै सबैभन्दा कम एक सय ७५ जना फर्किएका थिए।

भारतबाट फर्किनेको संख्या घटेपछि प्रदेशका क्वारेन्टिनहरुमा समेत चाप कम भएको छ। अहिले प्रदेशभर १६ हजार नौ सय जनालाई मात्र क्वारेन्टिनमा राखिएको छ। सबैभन्दा बढि कैलालीमा तीन हजार नौँ सय ३० जना अहिले पनि क्वारेन्टिनमा बसिरहेका छन्।

यस्तै अछाममा दुई हजार चार सय ५८, कञ्चनपुरमा एक हजार नौँ सय ७९, बैतडीमा एक हजार चार सय ३४, बझाङमा एक हजार नौँ सय ४४, बाजुरामा एक हजार चार सय ९१, डडेल्धुरामा आठ सय ६२, दार्चुलामा पाँच सय ५०, डोटीमा एक हजार सात सय ५४ जना क्वारेन्टिनमा रहेका छन्। यसअघि क्वारेन्टिनमा बसेकाहरु अवधी पूरा गरेर घर फर्किसकेका छन्।  दिनेशखबरबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै