होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • राजतन्त्रमा गुमेको भूमि गणतन्त्रमा फिर्ता लिँदै छौँ : प्रचण्ड
Breaking News

राजतन्त्रमा गुमेको भूमि गणतन्त्रमा फिर्ता लिँदै छौँ : प्रचण्ड

  • नागरिक रैबार
[sharethis-inline-buttons]
राजतन्त्रमा गुमेको भूमि गणतन्त्रमा फिर्ता लिँदै छौँ : प्रचण्ड

जेठ ३१, २०७७ काठमाडौं : नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजतन्त्रमा गुमेको नेपालको भूमि गणतन्त्रमा फिर्ता लिन लागिएको बताएका छन्। आजको संसदमा नेपालको संविधान दोस्रो संशोधन विद्येयकमाथि दफाबार छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन। ‘राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता लिँदै छौँ,’ उनले भने, ‘यो कडीको प्रक्रियाको लागि संविधान संशोधन गर्दैछौँ। म गर्वान्वित छु।’ उनले राष्ट्रिय एकताको निम्ति सबै दल नेता र सांसदहरुलाई धन्यावाद पनि दिए।

‘आउने दिनमा पनि ठूलो बलिदानबाट प्राप्त गरेको संघीय लोकतान्त्रकि गणतन्त्रको रक्षा गर्न एकताको विश्वास गर्दछु,’ उनले भने, ‘नेपालको राष्टिय स्वाधिनतालाई, भौगोलिक र बैदेशिक हस्तक्षपबाट मुक्त रहनु नेपाली जनताले सुम्पिएको जिम्बेवारी थियो। आज हामी ऐतिहासिक चुनौतिको सामना गर्न नेपालको भौगोलिक अखण्डताको स्वाधिन आइपुगेका छौँ।’

उनले आज देशको गुमेको भूभाग फिर्ता लिनेक्रमको यो चरणमा आइपुगेको पनि बताए। सरकारले नेपालको वास्तविक भू–भाग अनुसारको नक्सा निशान छापमा समेट्न संविधानको दोस्रो संशोधन विधेयक ल्याएको हो। सरकारले गत जेठ ७ गते लिम्पियाधुरा, कालापानी लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सा जारी गरिसकेको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै