होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • बैतडीमा क्वारेन्टाइनमा मृत्यु भएकी महिलाको कोरोना रिपोर्ट ‘नेगेटिभ’
Breaking News

बैतडीमा क्वारेन्टाइनमा मृत्यु भएकी महिलाको कोरोना रिपोर्ट ‘नेगेटिभ’

  • नागरिक रैबार
[sharethis-inline-buttons]
बैतडीमा क्वारेन्टाइनमा मृत्यु भएकी महिलाको कोरोना रिपोर्ट ‘नेगेटिभ’

बैतडी : बैतडीमा क्वारेन्टाइनमा मृत्यु भएकी महिलाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । मृतक महिलासँगै क्वारेन्टाइनमा रहेका थप चारजनाको पनि कोरोना रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।

बैतडीको पुर्चौंडी नगरपालिका ४ स्थित मालिका मावि भटना क्वारेन्टाइनमा मृत्यु भएकी सोही ठाउँकी २२ वर्षीया सुनिता लुहारको कोरोना रिपोर्ट नेगेटिभ आएको हो । यस्तै मृतक महिलाका श्रीमान र १८ महिने बच्चा तथा अन्य दुईजनाको कोरोना रिपोर्ट पनि नेगेटिभ आएको छ।

क्वारेन्टाइनमा मंगलबार मृत्यु भएकी महिलासहित उनको सम्पर्कमा रहेका थप चारजनाको स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल पठाइएको थियो।

मृतक महिलाको कोरोना रिपोर्ट नेगेटिभ आएपछि उनको शवलाई दाहसंस्कारका लागि आफन्तको जिम्मा लगाइएको स्वास्थ्य कार्यालयका प्रमुख भट्टले बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै