होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • “जात” तल्लो हैन, तल्लो र तुच्छ त मानिसको “सोच” हो
Breaking News

“जात” तल्लो हैन, तल्लो र तुच्छ त मानिसको “सोच” हो

 जातिय हिंसा र भेदभाव बन्द गरौ

  • नागरिक रैबार
[sharethis-inline-buttons]
“जात” तल्लो हैन, तल्लो र तुच्छ त मानिसको “सोच” हो

एकाइसौ शताब्दीमा मध्यकालीन छुवाछूत प्रथा कायम रहनु बिडम्वना हो । मान्छेलाई कुटिकुटी मार्ने बाच्न नदिमा पसेको मान्छेलाई ढुङ्गाले हान्ने काम कुनै पनि मानवले गर्न सक्तैन।अन्तरजातीय प्रेमकै कारण जीवन नरहनु २१औ शताब्दीमा कुन हदसम्मको क्रुर घटना होला ? सोच्न पनि सकिँदैन । कानुनबाट हटिसकेको कुरा जातीय भेदभाव तर मान्छेको मन र ब्यबहारबाट हट्न सकेको छैन।

मान्छेको मनमा राज गरेको कुविचार हटाउन संबंधित गाउका बिज्ञ तथा जानकारहरुले भुमिका खेल्नुपर्छ त्यो नै प्रभावकारी हुनेछ। यो नवराज र टीकाराम विकको मात्र हत्या होइन, कथित उच्च जातका मान्छेहरूको सामुहिक आत्महत्या हो ! धिक्कार छ यस्तो बर्बर जत्थालाई !! र, यो रुकुमको घटना होइन, यो त हामी सबै भित्र निर्लज्ज झाँगिएको फोस्रो अहंकारको ताण्डव हो ।

कहिले सम्म जातिय भेदभाव को शिकार बन्नु पर्ने हो नवराज र टीकाराम जस्तै, अन्त्य भएको भेदभाव प्रथा यही रहेछ धिकार छ ती अपराधीहरुलाई। यस्तो कुख्यात अपराधले सिङ्गो देशमा भेद भाव प्रथा अझै पनि छ भन्ने कुरा देखायो।कति सम्म पापी हो यो समाज अझै सम्म जातमा अडिएको छ। जातभात हुदैन भन्ने कुरा बुझाउन सक्नुपर्छ साथै भेदभाव गर्नेलाई कानुनी कार्बाही हुने, अपराधीलाई कानुनको कठघरामा ल्याउनुपर्छ नवराजले न्याय पाउनुपर्छ जातिय बिभेदको अन्त्य गराइ नवराज्य स्थापनामा हामी सबै लाग्नुपर्छ ।

विज्ञापन

कालीको मुहानले उठाएको शिर भेरीमा गएर झुकाउन नपरोस ।।जातिय विभेदको अन्त्य गरौं भ न्ने नारामा मात्र रहयो ।क़ानून लेखियो कार्यन्यन प्रभावकारी छैन ।तर परिणाम जिरो दु:खद खबर मात्र सुनिन्छ । भेरी नदिमा दलितको रगत र लास त बग्यो तर सङ्गै देशको मानबियता र कानुन चाहिँ नबगोस् , हत्यारालाई हदैसम्मको कार्वाही होस् ।मृतक प्रती हार्दिक श्रद्धाञ्जली, परिवारजनमा समबेदना यो मानव विरोधी अपराध हो ।

छिटो भन्न्दा छिटो कार्वाही होस ! यसको कडा ढङ्गले बिरोध गरौ। अपराधीलाई कुनैपनि दलको सरक्षण हुनु हुदैन। कडाभन्दा कडा कार्वाही होस। जय ओलि (बजुरेल कान्छो ) काठमाडौ

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै