होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • कोरोना परीक्षणको नतिजा १० मिनेटमै
Breaking News

कोरोना परीक्षणको नतिजा १० मिनेटमै

  • नागरिक रैबार
[sharethis-inline-buttons]
कोरोना परीक्षणको नतिजा १० मिनेटमै

सेनेगल : कोरोना भाइरस (कोभिड–१९)को परीक्षण १० मिनेटमै गर्न सकिने अनुसन्धानकर्ताले जनाएका छन्। अल्जजिरामा प्रकाशित समाचार अनुसार यसबारे अफ्रिकी मुलुक सेनेगलको राजधानी दकारमा अध्ययन भइरहेको हो।

यो अध्ययन सफल भए घरमै बसी १० मिनेटमै परीक्षणको नतिजा थाहा पाउन सकिने अनुसन्धानकर्ताले बताएका छन्। साथै १ डलर मात्र खर्च लाग्ने उनीहरूले बताएका छन्।

अनुसन्धाकर्ताले यसै हप्ता यसको प्रमाणिकरण गर्ने बताएका छन्।

अनुसन्धानकर्ता अमादो सालले अफ्रिकी मुलुकमा यसलाई वितरण गर्ने लक्ष्य रहेको बताएका छन्। ‘हाम्रो फोकस अफ्रिकी महादेशमा वितरण गर्ने हो’, उनले भने।

यसैगरी अनुसन्धानकर्ता जोय फिचेटले कोरोना संक्रमणको सुरुवातमै अफ्रिका पनि अछुतो रहन नसक्ने भन्दै यसबारे अध्ययन गरेको बताए। ‘जब कोभिड–१९ संक्रमण भयो त्यसको सुरुवातमै यसले अफ्रिाकालाई पनि नराम्ररी असर गर्छ भन्ने लाग्यो’, उनले भने, ‘यस्तो किसिमको परीक्षणले विश्वको जुनसुकै कुनामा पनि एकैछिनमा नतिजा पत्ता लगाउन सक्नुहुन्छ र संक्रमण फैलन रोक्न सक्नुहुन्छ।’

यसअघि सालको टीमले बेलायती कम्पनीसँग सहकार्य गरी जन्डिस र डेन्गुको खोप विकासमा महत्वपूर्ण योगदान गरेका थिए।

यस अनुसन्धानमा पनि बेलायत र बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनको सहयोग रहेको छ। अन्नपूर्ण बाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै