होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • पैसा खाएको देखिए कारबाही भोग्‍न तयार छु : मन्त्री बाँस्कोटा
Breaking News

पैसा खाएको देखिए कारबाही भोग्‍न तयार छु : मन्त्री बाँस्कोटा

  • नागरिक रैबार
[sharethis-inline-buttons]
पैसा खाएको देखिए कारबाही भोग्‍न तयार छु : मन्त्री बाँस्कोटा

अर्जुन शाह, भवानी भट्ट (धनगढी) — सूचना तथा सञ्‍चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफूमाथि लागेको आरोप पुष्टि भए कारबाही भोग्‍न तयार रहेको बताएका छन् । कञ्‍नपुरको पुनर्वास नगरपालिकामा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै मन्त्री बाँस्कोटाले बिहीबार बिहान भने, ‘कहिले १२ अर्बको हल्ला गर्छन्, कहिले ५ अर्बको । अहिले करोडमा झरेका छन्, केको चिन्ता गर्नु ।’

उनले व्यापारीहरु बढी पैसामा मेरो सामान किन्दे, यति कमिसन दिन्छु भन्दै आउने गरेको बताउँदै बढी पैसामा किन्‍न र कमिसन लिन नमानेपछि हल्ला गर्ने गरेको बताए। ‘मैले सुको ७ आना पनि खाएको छैन। खाएको देखिए कारबाही भोग्‍न तयार छु’ मन्त्री बाँस्कोटाले भने, ‘ अहिले प्रविधि पनि अनेक थरिथरिका छन्।’ डराएर, खुट्टा कमाएर हिँड्नु पर्ने अवस्था नरहेको बताउँदै नखाएको विष नलाग्‍ने उनको भनाइ थियो।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा मन्त्री बाँस्कोटाले ७० देखि ७५ करोड रुपैयाँ कमिसन आउँदा त्यसको ७० प्रतिशत कमिसन आफूलाई दिन बार्गेनिङ गरिरहेको अडियो टेप सार्वजनिक भएको छ।

विज्ञापन

उनले नेकपाको चरित्र भ्रष्टाचार अस्वीकार गर्दै आएको र त्यस्तो स्कुलिङबाट आएका नेता, कार्यकर्ताले भ्रष्टाचार गर्ने कुरै नआउने दाबी गरे । ‘यदि कसैले गरे पनि त्यसको जवाफदेहिता पार्टीले भोग्दैन, मैले भोग्‍नुपर्छ’ उनले भने, ‘मैले कुन निकायबाट शुद्धताको प्रमाणपत्र लिनुपर्ने हो, त्यहाँबाट लिनुपर्छ ।’ उनले आरोप लाग्‍नुमात्रै ठूलो कुरा नभएर त्यसको पुष्टि र प्रमाणित हुनुपर्ने बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै