होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • पत्रपत्रिका
  • बैतडीमा उम्मेदवारमाथि आक्रमणः घटनाको निष्पक्ष छानबीन हुनुपर्ने कांग्रेसको माग
पत्रपत्रिका

बैतडीमा उम्मेदवारमाथि आक्रमणः घटनाको निष्पक्ष छानबीन हुनुपर्ने कांग्रेसको माग

  • नागरिक रैबार
[sharethis-inline-buttons]
बैतडीमा उम्मेदवारमाथि आक्रमणः घटनाको निष्पक्ष छानबीन हुनुपर्ने कांग्रेसको माग

बैतडी: नेपाली कांग्रेस बैतडीले बुधबार राती दोगडाकेदार गाउँपालिका–४ का वडा अध्यक्षका उम्मेद्वार सुरेन्द्रप्रसाद भट्ट माथि हातपात भएको घटनाको निष्पक्ष छानबीन गर्न माग गरेको छ। नेपाली कांग्रेस बैतडीले आज एक विज्ञप्ती जारी गर्दै आफ्ना उम्मेद्वारमाथि आक्रमण हुनु नेकपाको अधिनायकवादी शैली भएको टिप्पणी गरेको छ।

चुनाव प्रचारप्रसार गरि घर फर्किरहेका बेला बोलाएर आक्रमण गर्नु निन्दनिय भएको विज्ञप्तीमा उल्लेख गरिएको छ। शक्तिको आडमा निर्वाचन आचारसंहिता उल्लंघन गर्दै भएको सो घटनाको निष्पक्ष छानबीन गर्न पनि कांग्रेसले माग गरेको छ।

नेपाली कांग्रेसका जिल्ला सभापति नरेन्द्रसिंह थापाद्वारा हस्ताक्षरित विज्ञप्तीमा घटनामा संलग्न रहेकामाथि कारवाही गर्न पनि माग गरेको छ । यस्तै नेपाली कांग्रेसको भातृसंगठन तरुण दलले पनि एक विज्ञप्ती जारी गर्दै घटनाको विरोध गरेको छ।

विज्ञापन

शक्तिको आडमा कांग्रेसका उम्मेद्वारमाथि आक्रमण गरी उल्टै सामाजिक सञ्जाल मार्फत तरुण दलका अध्यक्ष घनश्याम भट्टको चरित्र हत्या गर्ने काम भएको भन्दै खेद प्रकट गरेको छ। तरुण दलका जिल्ला उपाध्यक्ष महेश भट्टद्वारा हस्ताक्षरित विज्ञप्तीमा घटनाका दोषीलाई कारवाही गर्न समेत माग गरेको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै