होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • नेकपा प्रवेश गरेपछि काँग्रेसविरुद्ध खनिए दीपक मनाङे
Breaking News

नेकपा प्रवेश गरेपछि काँग्रेसविरुद्ध खनिए दीपक मनाङे

  • नागरिक रैबार
[sharethis-inline-buttons]
नेकपा प्रवेश गरेपछि काँग्रेसविरुद्ध खनिए दीपक मनाङे

पोखरा । मनाङ ‘ख’ बाट स्वतन्त्र उमेदवारका रुपमा विजयी गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे उर्फ राजीव गुरुङ नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेकपाका गण्डकी प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङले उनलाई पार्टी प्रवेश गराएका हुन् ।

कमल थापा नेतृत्वको राप्रपा हुँदै तत्कालीन एमालेमा प्रवेश गरेका मनाङे समाज सेवाको लागि राजनीतिमा आएको दाबी गर्छन् । ‘सरकारले दिएको ४५ हजारले त चिया खान पनि पुग्दैन । म त समाज सेवाको लागि राजनीतिमा आएको हो,’ उनले भने । यद्यपि राजनीति गर्न परीक्षा दिन जस्तो सजिलो नभएको उनी धारणा राख्छन् ।

पार्टी प्रवेशपछि मनाङेले नेपाली कांग्रेसको चर्को आलोचना गर्दै काँग्रेसको स्पष्ट विचारधारा नै नभएको बताए ।

सुरुमा तपाई काँग्रेस निकट मानिनु हुन्थ्यो रे नि भन्ने जिज्ञासामा उनी भन्छन्, ‘होइन् म आफैं भने कांग्रेस होइन्, मेरा नजिकका भाइहरु कांग्रेसमा भएकाले उनीहरुलाई सपोर्ट मात्रै गरेको हुँ।’ आफू नेकपामा प्रवेश गरि सकेपछि सकभर उनीहरुलाई पनि नेकपामा ल्याउने उनले बताए ।

तत्कालीन माओवादी अथवा एमाले भन्दा पनि कम्युनिष्ट भएकाले नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेको उनको धारणा छ । ‘मलाई लाग्छ नेकपा नै नेपाल कै पार्टी हो,’ उनले भने, ‘त्यसैले नेकपामा छिरेको हुँ ।’
अपराधिक गतिविधिमा संलग्न समुहको नाइकेको रुपमा चिनिने गुरुङ चुनावमा विजयी भै सकेपछि ज्यान मार्ने उद्योग सम्बन्धी पुरानै मुद्दाको क्रममा पक्राउ परेका थिए ।

साढे आठ महिना त उनी जेलमै बसे । अदालतको आदेशमा पुस ६ गते थुनामुक्त भएका उनले १२ पुसमा सपथ लिन पाउँ भनि गण्डकी प्रदेश सभामा निवेदन दिएका थिए । २०७५ माघ १४ मा गण्डकी प्रदेश सभा सदस्यको सपथ लिएका उनी नेकपाकै सहयोगमा चुनाव जितेका थिए । माघ १४ मा गण्डकी प्रदेश सदस्यको सपथ पछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले पार्टी प्रवेशबारे निर्णय नलिई सकेको बताएका थिए ।  कुनै लोभले भन्दा पनि नेकपाले देशको लागि केही राम्रो गर्छ भनेर नेकपामा प्रवेश गरेको उनी बताउँछन् । अबको ५ वर्षसम्म राजनीतिलाई केन्द्रमा राखेर समाजसेवाको बाटोमा अघि बढ्ने उनले सुनाए ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै