होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • बाजुरामा बाढीपहिराेबाट १६ घरधुरी प्रभावित, ३ घरधुरी उच्च जोखिममा
Breaking News

बाजुरामा बाढीपहिराेबाट १६ घरधुरी प्रभावित, ३ घरधुरी उच्च जोखिममा

  • नागरिक रैबार
[sharethis-inline-buttons]
बाजुरामा बाढीपहिराेबाट १६ घरधुरी प्रभावित, ३ घरधुरी उच्च जोखिममा

अविरल वर्षापछि आएको बाढी-पहिरोका कारण बाजुराको बडिमालिका नगरपालिका-९ सेलागाडमा १६ घरधुरी प्रभावित भएका छन्। तीमध्ये ३ घरधुरी उच्च जोखिममा परेका छन् । जिल्लाका विभिन्न स्थानमा पहिरो खस्दा सडक समेत अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी प्रहरी निरीक्षक नरेश शाहीका अनुसार शुक्रवार बिहान करिब ४ः३५ बजे सेलागाड क्षेत्रमा माथिबाट आएको बाढी-पहिरोले नदी थुनिएपछि बस्तीमा पानी पसेको हो।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली घटनास्थल पुगेर उद्धार तथा सरसामान सुरक्षित स्थानमा सार्ने काम गरेको थियो।

विज्ञापन

प्रहरीका अनुसार प्रभावित १६ घरधुरीमध्ये ३ घरधुरी उच्च जोखिममा रहेका छन् । प्रहरीका अनुसार घटनामा मानवीय वा क्षति भने भएको छैन।

उच्च जोखिममा रहेका तीन घरधुरीको अवस्था निरन्तर निगरानीमा राखिएको छ।

यसै बाढी-पहिरोका कारण बडिमालिका नगरपालिका-८ राप्कास्थित टोट्के सिँचाइ नहरमा करिब २३० मिटर प्लास्टिक पाइप र २५ मिटर पक्की नहर बगेको छ।

बिहान साँफेबगर-मार्तडी सडकखण्डअन्तर्गत बडिमालिका नगरपालिका-६ जडाङ्गा क्षेत्रमा पहिरो खस्दा सडक केही समय पूर्ण रूपमा अवरुद्ध भएको थियो।

शुक्रवार बिहानदेखि मौसममा केही सुधार देखिए पनि थप वर्षा हुन सक्ने सम्भावना रहेकाले नदी किनार र पहिरोको जोखिम भएका क्षेत्रमा विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ।

0

0

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै