होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • मोदीसँग भेटपछि के भने रविले?
Breaking News

मोदीसँग भेटपछि के भने रविले?

  • नागरिक रैबार
[sharethis-inline-buttons]
मोदीसँग भेटपछि के भने रविले?

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा विकास कूटनीतिको नयाँ युगतर्फ अग्रसर हुने धारणामा सहमत रहेको बताएका छन्।

बुधबार नयाँ दिल्लीमा भेटेपछि विकास कूटनीतिको नयाँ युगतर्फ अग्रसर हुने मोदीको धारणामा आफू सहमत भएको लामिछानेले बताएका हुन्।

मोदीले दुई पक्षबीच भएको भेटको तस्बिर आफ्नो सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गरेका थिए।

विज्ञापन

त्यसलाई सेयर गर्दै लामिछानेले लेखेका छन्, ‘आज माननीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग एक घण्टा लामो, अत्यन्त फलदायी र अर्थपूर्ण संवाद गर्न पाउँदा मलाई अत्यन्त खुसी लागेको छ। नेपाल र भारतले विगतका सीमिततालाई पार गर्दै विकास कूटनीतिको नयाँ युगतर्फ अग्रसर हुने भविष्यबारे मेरो पनि तपाईंको जस्तै दृष्टिकोण छ।’

त्यस्तै, दुई देशका साझा सभ्यता, डिजिटल कनेक्टिभिटी र निर्वाध सम्पर्क विस्तारलाई प्राथमिकतामा राखेर प्रगति र पारस्परिक विश्वासमा साझेदारीलाई थप सुदृढ बनाउन सकिने पनि उनले बताएका हुन्।

यस भेटबारे मोदीले पनि एक्समार्फत छिमेकी पहिलो नीति अन्तर्गत नेपाललाई प्राथमिकतामा राखिएको बताएका थिए।

‘हाम्रो छिमेकी पहिलो नीति अन्तर्गत नेपाल एक प्राथमिकता साझेदार हो र हामी हाम्रा दुई देशहरू बीचको विशेष र बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्‍याउन नयाँ सरकारसँग सहकार्य गर्न तत्पर छौं,’ मोदीले लेखेका छन्। 

५ दिने भ्रमणमा रहेका लामिछानेले यसअघि गृहमन्त्री अमित शाह र विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका थिए।

भारत पुगेका सभापति लामिछानेले भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष नितिन नवीनसँग भेटवार्ता गरेका थिए। उनले भाजपा मुख्यालय पनि अवलोकन गरेका थिए। 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै