होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • जुकोट- ३ मा रास्वपाको वडा अधिवेशन सम्पन्न-सभापतिमा कडारा
Breaking News

जुकोट- ३ मा रास्वपाको वडा अधिवेशन सम्पन्न-सभापतिमा कडारा

  • नागरिक रैबार
[sharethis-inline-buttons]
जुकोट- ३ मा रास्वपाको वडा अधिवेशन सम्पन्न-सभापतिमा कडारा

राजेन्द्र विक बाजुरा,१२जेठ
स्वामिकार्तिक खापर गाउँपालिका–३ जुकोट मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को वडा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले स्थानीय राजनीतिमा सक्रिय तथा संघर्षशील युवा अमर कडारालाई वडा सभापतिमा चयन गरेको छ।
लामो समयदेखि सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय रहँदै आएका कडारा जनतामाझ इमानदार, स्पष्टवक्ता र जनपक्षीय नेताका रूपमा परिचित छन्। आर्थिक अभाव, सामाजिक चुनौती र विभिन्न दबाबका बीच पनि कडाराले निरन्तर जनताको पक्षमा आवाज उठाउँदै आएको भन्दै पार्टीले उनलाई नेतृत्वको जिम्मेवारी सुम्पिएको जनाएको छ। कार्यक्रममा प्रमुख अतिथिका रूपमा राज बहादुर गिरी सहभागी भएका थिए भने चिरञ्जीवी शाही, गोरख बहादुर शाही, तुलविरे कडारा, लगायत विभिन्न सामाजी व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो। प्रथम वडा अधिवेशनबाट
सभापतिमा अमर कडारा,उपसभापति नानदेवि जोशी,सचिवमा जयविर कट्टेल लगायत ११सदस्यीय वडा कमिटी गठन गरिएको रास्वपा युवा नेता दिपक कडाराले बताए।।कार्यक्रममा बोल्ने वक्ताहरूले नयाँ नेतृत्वले वडा स्तरमा पार्टी संगठनलाई थप सुदृढ बनाउँदै जनताको समस्या समाधान, युवाको नेतृत्व विकास तथा सुशासन स्थापनामा प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए।
नवनिर्वाचित सभापति अमर कडाराले आफूलाई दिएको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दै शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार विकास तथा जनअधिकारका विषयमा सक्रियतापूर्वक काम गर्ने बताएका छन्।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै