होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • बाजुराको गुइगाड पुल प्रकरण, ठेकेदारलाई १८ करोड तिराइने
Breaking News

बाजुराको गुइगाड पुल प्रकरण, ठेकेदारलाई १८ करोड तिराइने

  • नागरिक रैबार
[sharethis-inline-buttons]
बाजुराको गुइगाड पुल प्रकरण, ठेकेदारलाई १८ करोड तिराइने

बाजुराको सदरमुकाम मार्तडी जोड्ने साँफेबगर–मार्तडी सडकखण्डअन्तर्गत गुइगाडमा निर्माणाधीन स्टिल ट्रस पुल अलपत्र पार्ने निर्माण व्यवसायीलाई सडक डिभिजन कार्यालय साँफेबगरले करिब १८ करोड रुपैयाँ जरिवाना तिराउने भएको छ ।

१५ वर्षअघि सम्झौता भएर पनि पुल निर्माण सम्पन्न नगरी सर्वसाधारणलाई सास्ती दिएको भन्दै कार्यालयले ठेक्का रद्द गर्दै जरिवाना तथा क्षतिपूर्ति बापतको रकम सरकारी खातामा दाखिला गर्न ३५ दिने सार्वजनिक सूचना जारी गरेको हो ।

सडक डिभिजन कार्यालय साँफेबगरका अनुसार धनगढी–४ कैलालीस्थित राजेन्द्र–थेगिम जेभीले २०६८ सालमा सडक विभागसँग पुल निर्माण सम्झौता गरेको थियो । सम्झौताअनुसार २०७० साउन मसान्तभित्र निर्माण कार्य सम्पन्न गर्नुपर्ने भए पनि निर्माण व्यवसायीको लापरवाहीका कारण डेढ दशक बित्न लाग्दासमेत पुल निर्माण पूरा हुन सकेको छैन ।

विज्ञापन

समयमै पुल निर्माण नहुँदा साँफेबगर–मार्तडी सडकखण्ड हुँदै यात्रा गर्ने स्थानीयवासी तथा यात्रुहरूले वर्षौंदेखि सास्ती भोग्दै आएका छन् । कार्यालयले निर्माण कम्पनीलाई तोकिएको अवधिभित्र रकम दाखिला गर्न निर्देशन दिएको जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै