
बाजुराकाे बुढीगंगा नगरपालिकाका मेयर रामबहादुर बानियाँ यतिबेला पालिकाकाे प्रमुख प्रशासकीय अधिकृतकाे खाेजिमा सिंहदरबार धाइरहेका छन् । विगत पाँच महिनादेखि प्रमुख प्रशासकीय अधिकृत बिहिन बनेकाे बुढीगंगामा अहिलेसम्म मन्त्रालयले कुनै व्यवस्थापन नगर्दा समस्या उत्पन्न भएकाे भन्दै मेयर बानियाँ मन्त्रालयमा धाइरहेका हुन् ।


मेयर बानियाँले मंगलबार मन्त्रालयमा पुगेर सामान्य प्रशासन मन्त्रीलाई पालिकामा प्रमुख प्रशासकीय अधिकृत विहिन हुँदा उत्पन्न भएकाे समस्या बारे जानकारी गराउँदै तत्काल व्यवस्थापनकाे माग राखेका छन्। मन्त्रीलाई भेटेर बानियाँले भने समयमै प्रमुख प्रशासकीय अधिकृतकाे व्यवस्थापन गरेर न पठाए मन्त्रालयको गेटमा अनसन बस्ने चेतावनी समेत दिएका छन् ।
५ महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा विकास निर्माणका कामका साथै प्रशासनीक कामहरु ठप्प भएका छन् ।
विज्ञापन



फेसबुक प्रतिक्रियाहरु