
पार्टी एकता भएको छ महिनापछि नेपाली कम्युनिस्ट पार्टीले प्रदेश इञ्चार्ज तोकेको छ ।


केन्द्रीय संयोजन समितिको सोमबारको बैठकले कोशी इञ्चार्जमा राजेन्द्र राई, मधेशमा महिन्द्र राय यादव, बाग्मतीमा गंगालाल तुलाधर, गण्डकीमा श्रीनाथ बराल, लुम्बिनीमा चक्रपाणि खनाल, कर्णालीमा चन्द्रबहादुर शाही र सुदूरपश्चिम इञ्चार्जमा भीम रावललाई तोकेको छ ।
त्यस्तै, उपत्यका विशेष प्रदेश इञ्चार्जमा हितमान शाक्य र सम्पर्क विभागको इञ्चार्जमा यशोदा सुवेदीले जिम्मेवारी पाएका छन् ।
विज्ञापन


प्रदेश संयोजक पनि तोकिए
नेकपा बैठकले प्रदेश संयोजक पनि तोकेको छ । कोशी प्रदेश कमिटी संयोजकमा हर्क नेम्वाङ, मधेशमा राजु खड्का, बाग्मतीमा सरल सहयात्री, गण्डकीमा गायत्री गुरुङ र लुम्बिनीमा अब्दुल हुसेन खान, सुदूरपश्चिममा हरिराम चौधरी, उपत्यका विशेष प्रदेश संयोजकमा विष्णु लामिछाने र सम्पर्क संयोजकमा तारानाथ दाहाल तोकिएका छन् । कर्णाली प्रदेश संयोजक टुंगो लाग्न बाँकी भएको एक नेताले बताए । इकान्तिपुरबाट

फेसबुक प्रतिक्रियाहरु