होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • वास्तविक सुकुम्वासी पहिचानको काम आइतबारबाट सुरु गरिने
Breaking News

वास्तविक सुकुम्वासी पहिचानको काम आइतबारबाट सुरु गरिने

  • नागरिक रैबार
[sharethis-inline-buttons]
वास्तविक सुकुम्वासी पहिचानको काम आइतबारबाट सुरु गरिने

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका वास्तविक सुकुम्वासी पहिचानको कार्य आइतबारदेखि सुरु गरिने भएको छ। आजदेखि सुकुम्वासी बस्ती खाली गराउन थालेको सरकारले आइतबारदेखि सुकुम्वासीको पहिचान गर्ने भएको हो। हालसम्म थापाथलीमा बसोबास गरिरहेका ६८ परिवार सरकारको सम्पर्कमा आएका छन्।

अन्य स्थानबाट पनि सम्पर्कमा आउने क्रम जारी छ। सम्पर्कमा आएका परिवारहरूलाई दशरथ रंगशाला पुर्‍याएर उनीहरूको विवरण संकलन गरी काठमाडौंका विभिन्न होटलहरूमा राख्ने तयारी छ।

हाललाई घरायसी सामानहरू कीर्तिपुरको सुन्दरीघाटस्थित राधास्वामी सत्संग ब्यास नेपालमा भिन्दा भिन्दै ठाउँ बनाएर सुरक्षित रूपमा राखिएको छ। अब होटलमा राखिएका परिवारहरू वास्तविक सुकुम्वासी हुन् वा होइनन् भन्ने पहिचान गर्ने कार्य आइतबारबाटै सुरु गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै