होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • २ दिन बिदा दिने निर्णयमा पुनर्विचार गर्न शिक्षा मन्त्रालयलाई बडीमालिकाको आग्रह
Breaking News

२ दिन बिदा दिने निर्णयमा पुनर्विचार गर्न शिक्षा मन्त्रालयलाई बडीमालिकाको आग्रह

  • नागरिक रैबार
[sharethis-inline-buttons]
२ दिन बिदा दिने निर्णयमा पुनर्विचार गर्न शिक्षा मन्त्रालयलाई बडीमालिकाको आग्रह

बाजुराकाे बडीमालिका नगरपालिकाले सामुदायिक विद्यालयहरूको बिदा व्यवस्थापनबारे नीतिगत स्पष्टता माग गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई पत्र पठाएको छ।

सातामा दुई दिन (शनिबार–आइतबार) बिदा हुँदा वार्षिक न्यूनतम २२० शैक्षिक दिन पूरा गर्न कठिन भएको नगरपालिकाको भनाइ छ।

नगर प्रमुख अमर खड्काले हालको बिदा प्रणाली, चाडपर्व र अन्य बिदाका कारण पठन–पाठन प्रभावित भएको उल्लेख गर्दै हप्तामा एक दिन मात्र बिदा कायम गर्न सुझाव दिएका छन्।

विज्ञापन

दुई दिने बिदाले शैक्षिक गुणस्तर घट्ने, पाठ्यक्रम समयमै नसकिने र विद्यार्थीको नियमितता कमजोर हुने समस्या देखिएको पनि पत्रमा उल्लेख छ।

नगरपालिकाले स्थानीय अवस्थाअनुसार लचिलो नीति वा आवश्यक परिमार्जन गर्न मन्त्रालयसँग आग्रह गरेको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै