होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण
Breaking News

पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण

  • नागरिक रैबार
[sharethis-inline-buttons]
पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण

नेपाली कांग्रेसले पार्टीका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई अनुशासन उल्लंघन गरेको भन्दै ७ दिने स्पष्टीकरण सोधेको छ । बुधबार बसेको कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठकले खड्कालाई पार्टीको विधानविपरीत कार्य गरेको ठहर गर्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । खड्काले पार्टीको नक्कली लेटरप्याड बनाएर आफूसँग नभएको जिम्मेवारी उल्लेख गरी अनधिकृत वक्तव्य जारी गरेको पाइएको अनुशासन समितिको ठहर छ ।

खड्काले २०८२ चैत १४ गते समेत यस्तै प्रकृतिको अनाधिकृत वक्तव्य जारी गरेका थिए । उक्त समयमा अनुशासन समितिले २०८२ चैत १८ गते निर्णय गर्दै उनलाई ‘एक पटकका लागि सचेत गराउने’ निर्णय गरेको थियो ।

तर, समितिले सचेत गराउँदा गराउँदै पनि खड्काले पुनः २०८२ चैत ३० गते नेपाली कांग्रेसको नक्कली लेटरप्याड प्रयोग गरी आफू पदमै रहेको दाबी गर्दै प्रेस विज्ञप्ति जारी गरेको समितिको भनाइ छ । यो कार्य पार्टीको विधान २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा ८ (घ) बमोजिम अनुशासन उल्लंघन भएको समितिले जनाएको छ । खड्कालाई ७ दिनभित्र यस विषयमा चित्तबुझ्दो जवाफ पेश गर्न निर्देशन दिइएको छ ।

विज्ञापन

यसैबीच, अनुशासन समितिले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का सन्दर्भमा परेका उजुरीहरूको बारेमा पनि महत्त्वपूर्ण निर्णय गरेको छ । निर्वाचनका क्रममा पार्टीका सदस्यहरूबाट अनुशासन उल्लंघन भएको भए सो को उजुरी दिने म्याद थप गरिएको छ । यसअघि २०८२ चैत मसान्तसम्म उजुरी दिन सकिने व्यवस्था गरिएकोमा अब त्यसलाई बढाएर २०८३ वैशाख मसान्तसम्म पुर्‍याइएको छ । समितिले वैशाख मसान्तपश्चात प्राप्त हुने कुनै पनि उजुरीमाथि कारबाही प्रक्रिया अगाडि नबढाइने प्रष्ट पारेको छ ।

कांग्रेसभित्र निर्वाचनको समयमा अन्तर्घात गर्ने र पार्टी अनुशासन नमानी अराजक गतिविधि गर्नेहरूमाथि छानबिन गर्न अनुशासन समितिले सक्रियता बढाएको देखिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै