
बाजुराकाे बुढीनन्दा नगरपालिकास्थित काेल्टीमा पुर्वीउत्तरी क्षेत्रका ४ वटा स्थानीय तहका नागरिकहरुकाे सहजताका लागि इलाका प्रशासन कार्यालय, मालपाेत कार्यालय र नापी कार्यालय आजबाट एकैसाथ स्थापना भएका छन् ।
लामाे समयकाे प्रयासपछि आजबाट उक्त कार्यालयहरु स्थापना भएका हुन् ।


कार्यालय स्थपाना भएसंगै अव यस क्षेत्रका हिमाली स्वामीकार्तीक खापर जगन्नाथ गाउँपालिका र बुढीनन्दा नगरपालिकाका नागरिकहरुले नागरिकता बनाउन र जग्गा सम्बन्धि काम गर्न सहज हुने भएकाे छ ।
यस अघि यस क्षेत्रका नागरिकहरु हजाराै रकम खर्च गरेर यि सेवा लिन सदरमुकाम मार्तडी आउने गरेका थिए ।
विज्ञापन



फेसबुक प्रतिक्रियाहरु