
बाजुरामा शैक्षिक सत्र सुरु हुनअघि नै पाठ्यपुस्तक पुगेको छ। नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ, सुदूरपश्चिम प्रदेश र जनकशिक्षा सामग्री केन्द्र, धनगढीले चैत ११ गते बसेको संयुक्त बैठकले चैत १६ देखि पाठ्यपुस्तक वितरण सुरु गर्ने निर्णय गरेसँगै जिल्लामा किताबहरू पुगेका हुन्।


करुणा पुस्तक पसल, मार्तडीका प्रोपर्टाइटर नृपबहादुर खातीले चैत १६ गते धनगढीबाट किताब उठाएर चैत १७ गते बाजुरामा पुगेर वितरण भइरहेको बताए।
गत वर्ष झैं यस वर्ष पनि उनले २१ हजार ८२५ थान किताब बाजुरामा ल्याएर वितरण गरिरहेका छन्। विगतका केही वर्षमा यहाँ किताब ढिला पुग्ने गरेको भए पनि, गत वर्षदेखि शैक्षिक सत्र सुरु हुन अघि नै किताब वितरण हुने गरेको छ। यसका कारण यहाँका बालबालिकाहरू समेत खुसी भएका छन्।
विज्ञापन


यस वर्ष बाजुराका आठ वटा पुस्तक विक्रेतामार्फत किताब वितरण गरिएको छ। यसमा प्रविन एण्ड ललित स्टेशनरी पसलले २४ हजार ४१०, करुण पुस्तक पसलले २१ हजार ८२५, सृजना स्टेशनरीले छ हजार ६०, आरके स्टेशनरीले पाँच हजार ४१४, मष्टा मल्टी स्टेशनरीले चार हजार ४७, बैष्णवीले आठ हजार २३७, रारा पुस्तक पसलले १३ हजार ९२१ र निशान्त जनरल स्टोरले ८ हजार ४७६ थान किताब वितरण गरेका छन्।

फेसबुक प्रतिक्रियाहरु