
सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा नेकपा ९एमाले०की लीला कुमारी भण्डारी र नेपाली काँग्रेसका खम्मबहादुर खाती विजयी भएका छन्।


प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टका अनुसार महिला समूहबाट एमालेकी भण्डारीले ३ हजार ९८४ मत प्राप्त गर्दै विजयी भइन्। उनकी प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीकी रोजी बस्नेतले १ हजार ६ सय ७६ मत प्राप्त गरिन्।
यसैगरी, अन्य समूहबाट नेपाली काँग्रेसका खम्मबहादुर खाती ३ हजार ९ सय ६९ मतसहित विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी नेकपाका टिकाराम जैशीले १ हजार ८०५ मत प्राप्त गरेका थिए।
विज्ञापन


निर्वाचनमा प्रदेश सभा सदस्यको मतभार ५३ र पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षको मतभार १९ निर्धारण गरिएको थियो।
कुल २ सय २४ मतदाता रहेकोमा ४९ प्रदेश सभा सदस्य र १७१ पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्ष गरी २ सय २० जनाले मतदान गरेका थिए। चार जनाले भने मतदान गरेनन्।
मतदान नगर्नेमा नेपाली काँग्रेसका प्रदेश सभा सदस्य प्रकाश देउवा, राप्रपाका प्रदेश सभा सदस्य खेमा विष्ट, धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल र जोशिपुर गाउँपालिकाकी उपाध्यक्ष रेखा कठरिया रहेका छन्।
महिला समूह र अन्य समूह गरी दुई पदका लागि चार जना उम्मेदवार प्रतिस्पर्धामा थिए। निर्वाचनमा नेपाली कांग्रेस र नेकपा ९एमाले०बीच गठबन्धन रहेको थियो।

फेसबुक प्रतिक्रियाहरु