
बुढीनन्दा नगरपालिका वडा नम्वर ३ मा रहेको श्री पञ्च लक्ष्मी आधारभुत विद्यालयका बालवालिकालाई चिसो छल्न न्यानो लुगा (स्वीटर) वितरण गरिएको छ । विद्यालयमा अध्ययनरत बालवालिकाहरुका लागि १ सय ६४ थान न्यानो लुगा (स्वीटर) वितरण गरिएको हो ।


समाजसेवी एंव कलाकार धनलाल चंदाराको पहलमा चिसो मौसमलाई लक्षित गर्दै उक्त लुगा वितरण गरिएको विद्यालयले जनाएको छ । सोही विद्यालयमा अध्ययन गरेका चंदाराले विद्यालयमा अध्ययनरत बालवालिकाका लागि लुगा वितरण गरेपछि विद्यार्थीहरुलाई चिसो छल्न सहज भएको विद्यालयको भनाई छ ।
विद्यालयमा अध्ययनरत बालवालिकालाई न्यानो लुगा वितरण गर्दै चंदाराले भने यो विद्यालयमा अहिलेसम्म कसैले सहयोग गरेका थिएनन् । आफुले पहिलो पटक सहयोग गर्न पाउँदा खुसी लागेको उनले बताए । उनले भने आगामी दिनमा समेत विद्यालयका लागि आर्थिक भौतिकरुपमा सहयोग गर्ने बताए ।
विज्ञापन




फेसबुक प्रतिक्रियाहरु