
गायक तथा संगीतकार विनोद बाजुरालीको गुण्डा कि डाँका बोलको सार्वजनिक भएको छ । शुक्रबार विनोद बाजुराली अफिसियल युट्युव च्यानल मार्फत उक्त गीत सार्वजकि भएको हो । गीत संगीतको बजारमा केही नयाँ र फरक तरिकाले प्रस्तुत हुने गरि गीत ल्याएको बाजुरालीले ल्याएका हुन् ।
सार्वजनिक भएको गीतमा विनोद बाजुराली गुण्डाको भेषमा फरक भुमिकामा देखिएका छन् । पछिल्लो पुस्ताले यस्तै खालका गीतहरु रुचाउने भएकाले यो गीतलाई फरक तरिकाले प्रस्तुत गरेको उनले बताएका छन् । गीतमा छोर्याँटा र छोर्याँटी विच एकआपसमा सवाल जवाफ प्रस्तुत गरिएका छन् । गीतमा छोरयाँटाले भनेका छन् बन्दे बन्दे त मेरी जीवनसाथी बन्दे जवाफमा छोर्याँटीले भनेकी छन् बन्दे बन्दे बन्दे त मेरो मित बुवा बन्दे भन्दै जवाफ फर्काएको गीतमा सुन्न सकिन्छ । नेपालमा कमै चलन चल्तीमा रहेको यो नयाँ रफ टाईमको बनेको बाजुरालीको भनाई छ ।
विनोद बाजुराली अफिसियल युट्युव च्यानलमा सार्वजनिक भएको उक्त गीतमा बाजुरालीसंगै संगिता बडुवालको स्वर रहेको छ । राजधानीको निरमाया दोहोरी साँझमा छायाकंन गरिएको हो ।
बाजुरालीको शव्द संगित, स्वर एरेन्ज मिक्सिङ रहेको गीतलाई मन्जश्री नेपालीले निर्देशन गरेकी हुन् । गीतको भिडियोमा बाजुरालीलाई गायिका बडुवालसहित मोडल टेक विष्ट र पर्वत विक लगायतले अभिनय गरेका छन् ।
स्टुडियो मालश्रीमा रेकर्ड भएको उक्त गीतलाई सागर बाजुरालीले अडियो रेकर्ड गरेका हुन् भने गीतको भिडियो सम्पादन सालिन खनालले गरेका हुन् ।



फेसबुक प्रतिक्रियाहरु