होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, पुस १४, २०८२
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • बाजुरामा ८७ हजारभन्दा बढी मतदाता, ११८ मतदान केन्द्र तोकिए
देश/प्रदेश

बाजुरामा ८७ हजारभन्दा बढी मतदाता, ११८ मतदान केन्द्र तोकिए

  • नागरिक रैबार
बाजुरामा ८७ हजारभन्दा बढी मतदाता, ११८ मतदान केन्द्र तोकिए

बाजुरा जिल्लामा आगामी निर्वाचनका लागि मतदाता र मतदान संरचना सम्बन्धी विवरण सार्वजनिक गरिएको छ। प्राप्त तथ्यांकअनुसार जिल्लामा कुल ८७ हजार ८६१ जना मतदाता रहेका छन्।

कुल मतदातामध्ये ४५ हजार ४२८ जना पुरुष र ४२ हजार ४३१ जना महिला रहेका छन् भने २ जना अन्य समूहका मतदाता रहेका छन्।

निर्वाचनलाई व्यवस्थित र सहज बनाउन जिल्लाभरि ११८ वटा मतदान केन्द्र तोकिएको छ। ती मतदान केन्द्रहरू ७७ वटा मतदान स्थलमा व्यवस्थापन गरिएको छ।

निर्वाचन कार्यालय बाजुराका अनुसार मतदातालाई सहज रूपमा मतदान गर्न सक्ने वातावरण तयार गर्न आवश्यक तयारीहरू अघि बढाइएको छ। सुरक्षा, मतदाता शिक्षा तथा व्यवस्थापन पक्षलाई समेत प्राथमिकतामा राखिएको जनाइएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार