होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, पुस ११, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सरकारले निष्पक्ष चुनाव गराए एमालेले बहुमत ल्याउँछ : ओली
समाचार

सरकारले निष्पक्ष चुनाव गराए एमालेले बहुमत ल्याउँछ : ओली

  • नागरिक रैबार
सरकारले निष्पक्ष चुनाव गराए एमालेले बहुमत ल्याउँछ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले अहिलेसम्म निर्वाचनका लागि अनुकूल वातावरण सिर्जना गर्न नसकेको आरोप लगाएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्रीसहित राजनीतिक दलहरूबीच छलफल भए पनि त्यसको ठोस प्रभाव नदेखिएको बताएका छन् । छलफलपछिसमेत समग्र राजनीतिक परिस्थिति यथावत् रहेको उनको भनाइ थियो ।

उनका अनुसार सरकारको तर्फबाट निर्वाचन गराउने स्पष्ट इच्छाशक्ति वा तयारीको संकेत देखिएको छैन ।‘परिस्थिति केही हदसम्म भए पनि सुधारिन्छ कि भन्ने अपेक्षा थियो, तर त्यसतर्फ कुनै प्रगति देखिएन,’ उनले भने । सरकारले चुनावको वातावरण निर्माणमा ध्यान नदिएको भन्दै ओलीले वर्तमान अवस्थामा निर्वाचन हुने आधार नबनेको दाबी गरे ।

विज्ञापन

अध्यक्ष ओलीले परिस्थितिको विकासअनुसार एमालेले आवश्यक निर्णय लिने स्पष्ट पारे । सरकार निर्वाचनतर्फ अग्रसर भए पार्टी त्यसमा सहभागी हुने र प्रतिस्पर्धामा उत्रने उनले बताए ।

उनले एमाले शान्तिपूर्ण, स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित निर्वाचनको पक्षमा रहेको उल्लेख गर्दै त्यस्तो वातावरणको प्रतीक्षामा पार्टी रहेको बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार