होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • स्थानीय सरकारसँग समन्वय गरेर देशभर यातायात सञ्चालन
Breaking News

स्थानीय सरकारसँग समन्वय गरेर देशभर यातायात सञ्चालन

  • नागरिक रैबार
[sharethis-inline-buttons]
स्थानीय सरकारसँग समन्वय गरेर देशभर यातायात सञ्चालन

काठमाडौँ । शनिबारदेखि देशैभर यातायात सञ्चालनमा आएका छन् । जेनजीको आन्दोलनका क्रममा मंगलबारदेखि उपत्यकाभर प्रदर्शन तीव्र भएपछि सार्वजनिक यातायात पूर्ण रूपमा बन्द गरिएको थियो।

देशको अवस्था सामान्य बन्दै गएपछि शनिबारदेखि स्थानीय सरकारसँगको समन्वयमा यातायात चालू गरेको यातायात व्यवसायीहरूले बताएका छन् ।

देशभरका स्थानीय सरकारसँग समन्वय गरेर यातायात चालू गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताए ।

केन्द्रबाट अहिले निर्णय गर्ने अवस्था छैन,’ उनले भने, ‘स्थानीय प्रशासनसँग समन्वय गरेर चलाउन हामीले आग्रह गरेका छौँ ।’

साथै आजदेखि देशभर लामो र छोटो दुरीका यातायात सञ्चालन हुने उनले बताए ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै