
नागरिक रैबार/बाजुरा २८ साउन। उपचारका क्रममा नेपाली सेनाका हवल्दार कृष्णप्रसाद जोशीको मृत्यु भएको छ। बाजुराको बडीमालिका नगरपालिका–७ स्थायी घर भएका ३८ वर्षीय जोशीको उपचारकाे क्रममा काठमाण्डाैंको शिक्षण अस्पतालमा मृत्यु भएको हो ।


नेपाली सेनामा २० वर्षदेखि सेवा गरिरहेका जोशीको स्वास्थ्य अवस्था बिग्रिएपछि ९ दिनदेखि नेपाली सेनाको छाउनी अस्पतालमा उपचारारत रहेका थिए ।
मृतक हवल्दार जोशी नेपाली सेनाको सुदूरपश्चिम तालिम शिक्षालय, गाेरुगे ब्यारेक चिसापानी (कैलाली) मा कार्यरत थिए।
विज्ञापन



उनको छाउनी अस्पतालमा उपचारका हुन् नसकेपछि थप उपचारका लागि महाराजगंज स्थित टिचिङ अस्पतालमा लगिएको थियो । तर, उपचारकै क्रममा उनको निधन भएको बुझिएको छ । जोशीको अन्त्येष्टिका लागि काठमाण्डाैंबाट एम्वुलेन्स मार्फत धनगढी लगिएको छ ।

फेसबुक प्रतिक्रियाहरु