होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • बाजुराको १५ औं राष्ट्रपति रनिङ शिल्ड बडीमालिकाकाे कव्जामा
Breaking News

बाजुराको १५ औं राष्ट्रपति रनिङ शिल्ड बडीमालिकाकाे कव्जामा

  • नागरिक रैबार
[sharethis-inline-buttons]
बाजुराको १५ औं राष्ट्रपति रनिङ शिल्ड बडीमालिकाकाे कव्जामा

नागरिक रैबार/बाजुरा १५ फागुन। बाजुरा जिल्लामा जारी १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताको उपाधि बडीमालिका नगरपालिकाले जितेकाे छ ।

बडीमालिकाले प्रतियोगितामा सहभागि जिल्लाका अन्य ८ वटा पालिकालाई पछाडि पार्दै यस वर्षको रनिङ शिल्डको उपाधि जित्न सफल भएको हो । बडीमालिकाले १८ स्वर्ण, १५ रजत र १३ कास्य गरि जम्मा ४८ पदक ल्याएर प्रतियाेगिता जित्न सफल भएकाे हाे।

प्रतियोगितामा  बुढीनन्दा नगरपालिका द्वितीय भएकाे छ । बुढीनन्दाले १८ स्वर्ण, ७ रजत र १० कास्य गरि ३५ पदक हात पारेकाे छ ।  त्यस्तै ११ स्वर्ण, १७ रजत र १३ कास्य सहित बुढीगंगा नगरपालिका तृतीय भएको छ । प्रतियोगीतामा ७ स्वर्ण, ११ रजत र २४ कास्य सहित खप्तड छेडेदह गाउँपालिका सान्त्वना भएको छ ।

विज्ञापन

अघिल्लो वर्ष बुढीनन्दा नगरपालिकाको कोल्टीमा सञ्चालन भएको जिल्ला स्तरीय रनिङ शिल्डमा बडीमालिकालाई हराउँदै बुढीनन्दा नगरपालिका उपाधि जित्न सफल भएको थियो भने यस  वर्ष  बुढीनन्दालाई हराउँदै बडीमालिकाले शिल्ड जित्न सफल भएको हो ।

त्यस्तै त्रिवेणी नगरपालिकाले ५ स्वर्ण, १२ रजत, १५ काँस्य, स्वामीकार्तिक खापर गाउँपालिकाले ४ स्वर्ण, २ रजत, १ काँस्य, गौमुलले १ स्वर्ण, २ रजत, ८ काँस्य, जगन्नाथले १ स्वर्ण, ५ काँस्य र हिमाली गाउँपालिकाले १ स्वर्ण र १ काँस्य पदक प्राप्त गरेको छ ।

फागुन १२ गतेदेखि बुढीगंगा नगरपालिकाको भानोदय माविमा सञ्चालन भएको रनिङ शिल्ड प्रतियोगीताको उद्घाटन सुदूरपश्चिम प्रदेशका पूर्व प्रदेश प्रमुख देवराज जोशीले गरेका थिए ।

May be an image of blueprint and text

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै