होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • बडीमालिका-५ मा एक दिने नि:शुल्क पशु शिविर संचालन
Breaking News

बडीमालिका-५ मा एक दिने नि:शुल्क पशु शिविर संचालन

  • नागरिक रैबार
[sharethis-inline-buttons]
बडीमालिका-५ मा एक दिने नि:शुल्क पशु शिविर संचालन

राजेन्द्र विक/ बाजुरा २८माघ।बाजुराको बडिमालिका नगरपालिका वडा नम्बर ५ मनामा १ दिने नि:शुल्क पशु शिविर संचालन भइ सम्पन्न भएको छ।बडिमालिका नगरपालिका वडा नम्बर ५ को आयोजना तथा बडिमालिका नगरपालिका पशु सेवा शाखाको प्राबिधिक सहयोगमा उक्त एक दिने पशु शिविर संचालन गरिएको हो।

शिविरमा बाख्रामा हुने विभिन्न खालका रोगहरुको चेकजाँच तथा उपचार गरि महामारी नियन्त्रणका लागि पिपिआर भ्याक्सिन लगाउनुका साथै आन्तरिक परजिबीका लागि जुका,खोकी,निमोनिया लगायत रोगको औषधि वितरण गरिएको पशु सेवा शाखाका प्रमुख गोपालचन्द्र भण्डारीले बताउनुभयो ।

बडीमालिका-५ ले आर्थिक बर्ष ०८१/८२का लागि बिनियोजन गरेको बजेट मार्फत बाख्रा पालक किसान हरुको समस्यालाइ समाधान गर्न उक्त शिविर संचालन गरिएको वडा अध्यक्ष धरमपाल मिजारले बताउनुभयो ।

विज्ञापन

पिपिआर खोपले बाख्रामा हुने महामारी कम्तिमा २ बर्ष सम्म हुन नदिने हुँदा यो शिविर अत्यन्तै फलदायी भएको र शिविरमा वडा क्षेत्र भित्रका ७०जना किसानका ६ सय बाख्राको पिपिआर खोप संगै चेकजाँच, र उपचार गरिएको पशु सेवा शाखा प्रमुख गोपालचन्द्र भण्डारीले जानकारी दिनुभयो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै