होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • बाटोमै सुत्केरी भएकी आमा र नवजात शिशुको स्वाथ्यकर्मीद्धारा उद्धार
Breaking News

बाटोमै सुत्केरी भएकी आमा र नवजात शिशुको स्वाथ्यकर्मीद्धारा उद्धार

  • नागरिक रैबार
[sharethis-inline-buttons]
बाटोमै सुत्केरी भएकी आमा र नवजात शिशुको स्वाथ्यकर्मीद्धारा उद्धार

नागरिक रैबार/बाजुरा २६ माघ। गौमुल गाउँपालिकामा बाटोमै सुत्केरी भएकी एक महिला र नवजात शिशुको  महिला स्वास्थ्यकर्मीले  उद्धार गरेका छन् ।

शुक्रबार गाउँपालिकाको वडा नम्बर ३ ग्रजे गाउँकी २२ बर्षिया सिर्जना बोहराले बाटोमै नवजात शिशुलाई जन्मदिएको खबर  पछि माझपालि आधारभुक्त स्वास्थ्य केन्द्रबाट स्टेचर लिएर सुत्केरी महिलाको उद्धार गरेर स्वास्थ्य संस्था ल्याएको स्टाफ नर्स सिता खडकाले बताएकी छन् ।

सुत्केरी भएको ठाउँ बाट घर जान १ घण्टा र स्वास्थ्य चौकी पुग्न आधा घण्टा लाग्ने भएपछि महिला स्वास्थ्यकर्मीहरुको सक्रियतामा सुत्केरी महिला र नवजात शिशुलाई उद्धार गरेर स्वास्थ्य संस्थामा ल्याएको र अवस्था सामान्य भएपछि घर पठाएको स्टाप नर्स खड्काले बताएकी छन् । बाटोमै सुत्केरी भएकी सिर्जना र उनले जन्म दिएको नवजात शिशुको अबस्था अहिले सामान्य रहेको छ ।

जिल्लाका कतिपय दुर्गम ठाउँहरु अझैपनि सडक सञ्चालनसंग जोडिएका छैनन् । जसका कारण गर्भवति महिलाहरुले स्वास्थ्य संस्थामा पुग्न नपाउँदै विच बाटाेमा  बच्चा जन्माउनु पर्ने बाध्यता छ भने महिलाहरुले समयमै उपचार नपाउँदा अकालमै ज्यान गुमाउनु परेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै