होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • रवि लामिछाने जमानीमा रिहा, बिहीवार फेरि अदालतमा उपस्थित हुनुपर्ने
Breaking News

रवि लामिछाने जमानीमा रिहा, बिहीवार फेरि अदालतमा उपस्थित हुनुपर्ने

  • नागरिक रैबार
[sharethis-inline-buttons]
रवि लामिछाने जमानीमा रिहा, बिहीवार फेरि अदालतमा उपस्थित हुनुपर्ने

बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनसम्बन्धी मुद्दामा जिल्ला अदालत रूपन्देहीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा भूतपूर्व गृहमन्त्री रवि लामिछानेलाई जमानीमा छाड्न बुधवार आदेश दिएको छ।

“पूर्वमन्त्री तथा प्रतिवादी रवि लामिछानेको बयान कार्य आज सकिएको छ। थुनछेक आदेश दिन नभ्याइएकाले उहाँलाई भोलि १० बजे अदालतमा उपस्थित गराउने गरी उहाँका कानुन व्यवसायी र उहाँकी श्रीमती निकिता पौडेल लामिछानेलाई जिम्मा लगाउने आदेश भएको छ,” अदालतका स्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले भने।

बुधवार नै लामिछानेको बयान लिइएको हो। ज्ञवालीका अनुसार बिहीवारबाट थुनछेक बहस शुरू हुने छ।
मङ्गलवार रूपन्देही पुगेका लामिछाने बुधवार अदालतमा उपस्थित भएका थिए। लामिछानेविरुद्ध रूपन्देही जिल्ला अदालतमा आइतवार मुद्दा दर्ता भएको थियो।

रवि लामिछाने, छविलाल जोशी, जीबी राईसहित पूरक अभियोगका १४ र सुरुको मुद्दाका २८ जनासहित ४२ जनाविरुद्ध त्यहाँ मुद्दा दर्ता भएको छ।

यसअघि उक्त अदालतले सुप्रिम सहकारीका तत्कालीन अध्यक्ष ओमप्रकाश गुरुङलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिइसकेको छ।

जिल्ला सरकारी वकिलको कार्यालय चितवन र पर्साले सहकारी संस्थाको रकम अपचलनबारे हाल अनुसन्धान जारी रहेको भन्दै लामिछानेविरुद्ध मुद्दा छिटै दर्ता गरिने बताएका छन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै