होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • विनोद बाजुरालीको ‘हियारै’ गीत करोड क्लवमा प्रवेश
Breaking News

विनोद बाजुरालीको ‘हियारै’ गीत करोड क्लवमा प्रवेश

  • नागरिक रैबार
[sharethis-inline-buttons]
विनोद बाजुरालीको ‘हियारै’ गीत करोड क्लवमा प्रवेश

गायक एवम् संगीतकार विनोद बाजुरालीको ‘हियारै’ बोलको गीत करोड क्लबमा प्रवेश गरेको छ। शुभारम्भ डिजिटल म्युजिक युट्युब च्यानलमार्फत करिब २ महिनाअघि सार्वजनिक गीतलाई १ करोड भ्युज मिलेको हो।

सार्वजनिक भएसँगै यस गीतलाई दर्शकले रुचाएका थिए। टिकटकदेखि रिल्ससम्म यो गीत निकै चर्चामा छ। एक करोड भ्युज पाएसँगै गायक बाजुरालीले फेसबुकमार्फत खुसी व्यक्त गरेका छन्।

गीतमा बाजुरालीकै शब्द, स्वर, संगीत र संयोजन छ। साथै स्वरमा उनलाई गायिका शा

विज्ञापन

न्तिश्री परियारले साथ दिएकी छन्। नेपाली लोक भाका समिश्रित र दोहोरी ढाँचामा रहेको यो गीत नयाँ शैलीको छ। हियारैको अर्थ हृदय हो।

शुभारम्भ डिजिटल म्युजिक प्रालिको प्रस्तुति रहेको गीतको भिडिओ मौसम हिमालीको निर्देशन गरेका हुन्। गीतको भिडिओमा देवेन्द्र बब्लु र जुना विश्वकर्माको अभिनय छ। बाजुराली दुई दशकदेखि नेपाली संगीत क्षेत्रमा सक्रिय देउडासहित लोकदोहोरी गायनमा चर्चित छन्। बाजुरालीले गाएका हुनेवाला जीवन साथी, बाटो लामो रारा, घर मेरो प्रदेश नम्बर सातलगायत गीत लोकप्रिय छन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै