होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • बुढीगंगाले एसईई मौका परीक्षाका लागि निःशुल्क तयारी कक्षा सञ्चालन गर्ने
Breaking News

बुढीगंगाले एसईई मौका परीक्षाका लागि निःशुल्क तयारी कक्षा सञ्चालन गर्ने

  • नागरिक रैबार
[sharethis-inline-buttons]
बुढीगंगाले एसईई मौका परीक्षाका लागि निःशुल्क तयारी कक्षा सञ्चालन गर्ने

नागरिक रैबार। बाजुराको बुढीगंगा नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयबाट एसईईको मौका परीक्षामा सहभागी हुने विद्यार्थीहरुका लागि निःशुल्क तयारी कक्षा सञ्चालन गर्ने भएको छ ।

नगरपालिकाले बिहिबार एक सूचना जारी गर्दै नगरभित्रका सामुदायिक विद्यालयबाट एसईई मौका परीक्षामा सहभागी हुने विद्यार्थीका लागि अंग्रेजी, गणित र विज्ञान विषयको निःशुल्क परीक्षा विशेष तयारी कक्षा सञ्चालन गर्ने प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र नाथले बताएका छन् ।

नगरपालिकाले नगरका दुई स्थान बडीमालिका क्याम्पस फालासैन र त्रिशक्ती माध्यामिक विद्यालय बाह्रबिसमा तयारी कक्षा सञ्चालन गर्ने भएको हो ।

सूचना मार्फत पालिककाका सबै सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई आफ्नो पायक पर्ने स्थानमा निःशुल्क तयारी कक्षामा सहभागी बन्न स्थानीय सरकारले आग्रह समेत गरेको छ ।

May be an image of text

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै