होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • ‘२०८२ अब इतिहास भयो’ भन्दै ओलीले दिए नयाँ वर्षको शुभकामना
Breaking News

‘२०८२ अब इतिहास भयो’ भन्दै ओलीले दिए नयाँ वर्षको शुभकामना

  • नागरिक रैबार
[sharethis-inline-buttons]
‘२०८२ अब इतिहास भयो’ भन्दै ओलीले दिए नयाँ वर्षको शुभकामना

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बितेको वर्ष २०८२ अब इतिहास बनेको उल्लेख गर्दै नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना व्यक्त गरेका छन्। मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत सन्देश जारी गर्दै ओलीले सफलता वा विफलता, अवसर वा चुनौती, कमजोरी वा उपलब्धि—यी सबै अनुभवहरूलाई समीक्षा गर्दै अगाडि बढ्नुपर्ने बताएका छन्।

उनले विगतबाट सिक्दै भविष्यलाई लक्षित गर्नुपर्नेमा जोड दिँदै नयाँ वर्षले देशलाई सुरक्षित र समृद्ध बनाउने दिशामा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

ओलीले ‘पाको अनुभव’ र ‘नवयुवा ऊर्जा’ बीच सार्थक समन्वय हुन सके मुलुकले सकारात्मक परिवर्तनको गति लिन सक्ने उल्लेख गरेका छन्। नयाँ वर्ष २०८३ ले देशमा स्थायित्व, समृद्धि र सहकार्यको वातावरण निर्माण गरोस् भन्ने कामनासहित उनले सबैमा शुभकामना दिएका छन्।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै