होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, फाल्गुन ८, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • पार्टी छाडेको २ वर्षपछि पुन: एमालेमै फर्किए नेता कार्की
Breaking News

पार्टी छाडेको २ वर्षपछि पुन: एमालेमै फर्किए नेता कार्की

  • नागरिक रैबार
पार्टी छाडेको २ वर्षपछि पुन: एमालेमै फर्किए नेता कार्की

नागरिक रैबार/बाजुरा ५ फागुन। करिव २ वर्ष अघि नेकपा एमाले छाडेर नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका बुढीनन्दा नगरपालिकाका नेता रामलाल कार्की पुनः नेकपा एमालेमै फर्किएका छन् ।

स्थानीय तहको निर्वाचन पछि नेकपा एमाले परित्याग गरि नेकपा माओवादी केन्द्र प्रवेश गरेका कार्की पुन: पुरानै पार्टी एमालेमा फर्किएका हुन् ।

२०७९ को स्थानीय तह निर्वाचन पछि पार्टीसँग असन्तुष्ट देखिएका कार्की नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै हातबाट टिका लगाएर पार्टी प्रवेश गरेका थिए ।

नेकपा एमाले बुढीनन्दा नगर कमिटीको सोमबार आयोजित दोस्रो अधिवेशनको अवसर पारी कार्कीले माओवादी परित्याग गरेर एमालेमा फर्किएका हुन् ।

माओवादीको केन्द्रीय सल्लाहकार समितिमा रहेका कार्की एमालेमा हुँदा पार्टी जिल्ला कमिटी हुँदै तत्कालिन सेती अञ्चल कमिटी र पार्टी प्रदेश कमिटी सचिवालयमा रहेर काम गरेका थिए ।

कार्कीलाई नेकपा एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापा, केन्द्रीय सदस्य तथा बाजुरा जिल्ला इन्चार्ज लालबहादुर थापाले प्रवेश गराएका पार्टी प्रचार विभाग प्रमुख राजन कुमार रोकायाले जानकारी दिएका छन् ।

नेकपा एमालेकै तर्फबाट नेकपा तत्कालिन समयमा भूमि समस्या तथा समाधान आयोग जिल्ला समितिको अध्यक्ष भएर समेत काम गरेका थिए । उनले माओवादी बाहिर जस्तो भित्र नरहेको र सम्पूर्ण रुपमा सकिने अवस्थामा पुगिसकेकोले जनताको पक्षमा काम गर्न नसक्ने निष्कर्ष सहीत नेकपा एमाले प्रवेश गरेको बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार