होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, चैत्र ८, २०८१
जोडिनुहोस
  • होमपेज
  • ट्राभल
  • मार्तडी-कोल्टी बस सेवा आजबाट संचालन हुँदै
ट्राभल

मार्तडी-कोल्टी बस सेवा आजबाट संचालन हुँदै

  • नागरिक रैबार
मार्तडी-कोल्टी बस सेवा आजबाट संचालन हुँदै

नागरिक रैबार/बाजुरा २६ पुस । मार्तडी कोल्टी बस सेवा आजबाट संचालन हुने भएको छ । आज दिउसो १ बजे कोल्टीका लागि मार्तडीबाट बस सेवा संचालन गरिने बुढीनन्दा नगरपालिकाले बताएको छ । आज पहिलो दिन महाकाली यातायातको एक बस मार्तडीबाट कोल्टीका लागि पठाइने महाकाली यातायात प्रालिले जनाएको छ ।

आज पहिलो दिन मार्तडीबाट कोल्टीसम्म नि:शुल्क बसमा जानका लागि मार्तडी बसपार्कमा सम्पर्क गर्न यात्रुहरुलाई नगरपालिकाले आग्रह गरेको छ ।

बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहराले हिजो मात्रै महाकाली यातायात प्रालीलाई बस संचालनका लागि अनुरोध गरेका थिए ।

विज्ञापन

पुर्विउत्तरी क्षेत्रका ४ पालिका सहित मुगु हुम्ला र कालिकोट जिल्लाका १७ वटा पालिकाको मुख्य केन्द्र विन्दु रहेको कोल्टीमा बस सेवा नियमित गर्नका लागि यातायात व्यवसायीलाई आग्रह गरे पश्चात आजबाट कोल्टीसम्म नियमित बस सेवा संचालन हुने नगरप्रमुख जनक कुमार बोहराले बताएका छन् ।

मार्तडी देखि कोल्टी सम्म नियमित रुपमा बस सेवा संचालन गर्नका लागि पाण्डुसैन देखि कोल्टी सम्मको सडक सुधार गर्न सके यातायात व्यवसायी बस सेवा नियमित गर्न सहज हुने यातायात व्यवसायीको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालय बाजुराले मार्तडी कोल्टी बस सेवा सञ्चालनको लागि अनुमति दिने निर्णय गरेकाे एक महिना बढी भइसकेकाे छ । बाजुराको सदरमुकाम मार्तडीसम्म मात्रै बस सेवा सञ्चालन हुने गरेकोमा काेल्टि सम्म बस संचालन गर्न मंसिर २० गते जिल्ला प्रशासन कार्यालय बाजुरामा सर्बदलिय सर्वपछिय बैठक बसेकाे थियाे ।
May be an image of ticket stub and text

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार