होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, माघ ३०, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • कैलालीमा विद्यालयबाट फर्किंदै गरेकी किशोरी बलात्कृत
देश/प्रदेश

कैलालीमा विद्यालयबाट फर्किंदै गरेकी किशोरी बलात्कृत

  • नागरिक रैबार
कैलालीमा विद्यालयबाट फर्किंदै गरेकी किशोरी बलात्कृत

धनगढी– कैलालीको धनगढीमा एक १४ वर्षीया किशोरी बलात्कृत भएकी छिन् । विद्यालयबाट घर फर्किंदै गरेकी किशोरीलाई बिहीबार साँझ धनगढीस्थित पुरानो भन्सारमा बस्ने १८ वर्षीय युवकले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले जानकारी दिए ।

बाजुरा घर भएकी किशोरी अध्ययनका लागि धनगढीमा आफन्तकोमा बस्दै आएकी थिइन् । विद्यालयबाट घर फर्किने क्रममा किशोरीलाई ती युवकले सडकमा बाटो छेकेर चक्कु देखाउँदै आफ्नो घरमा लगेर जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । बलात्कारपछि युवक भागेका युवकको खोजी भइरहेको प्रहरीको भनाइ छ ।

पीडित किशोरीले शनिबार मात्र प्रहरीलाई घटनाबारे खबर गरेकी थिइन् । आफन्तलाई जानकारी गराएपछि करणीबारे जानकारी आएको डीएसपी बोहराले बताए । किशोरी धनगढीस्थित एक विद्यालयमा कक्षा ७ मा अध्ययनरत छिन् । –खबरहवबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै