नागरिक रैबार/बाजुरा २५ पुस। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट सुरु भएको छ ।
गाउँपालिका अध्यक्ष भरतबहादुर रोकायाको अध्यक्षतामा उक्त प्रतियोगिता आजबाट सूरु भएको हाे । प्रतियोगितामा पालिकाभरका ६ वटा माध्यमिक विद्यालयहरु सहभागीता भएका छन् । प्रतियोगिता वडा नम्बर ४ वाईमा रहेको स्वामीकार्तिक माध्यमिक विद्यालयमा सञ्चालन भएको छ ।
रनिङ शिल्ड प्रतियोगितामा भलिवल,कवड्डी लगायत एथ्लेटिक्स तर्फका विधामा प्रतिस्पर्धा गराइने जनाएको छ । तेस्रो गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा अध्यक्ष भरत रोकाया, उपाध्यक्ष सुलोचना भण्डारी बुढा, जनप्रतिनीधि, पूर्व जनप्रतिनीधि, शिक्षक, विद्यार्थी, स्थानीय लगायतको सहभागीता रहेकाे छ ।
फेसबुक प्रतिक्रियाहरु